Press Release
२०६८ माघ २७ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरू बिच समसामयिक विषयहरूमा छलफल भएको थियो ।
२०६८ पौष ३० गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम श्री वेन जियावाओले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो ।
भेटका अवसरमा वहाँहरूबीच दुई पक्षीय सम्बन्ध, हित तथा आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

२०६८ पौष २८ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष लोक सेवा आयोगका माननीय कार्यवाहक अध्यक्ष कयोदेवी यमीले आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहकाबीच नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२७ को उपधारा (१) बमोजिम लोकसेवा आयोगको बाउन्नौं वार्षिक प्रतिवेदन  (२०६७ श्रावणदेखि २०६८ अषाढ मसान्तसम्म) पेश गर्नु भयो ।
सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले इमान्दारी र लगनशील भई काम गरेकोमा लोक सेवा आयोगका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
२०६८ पौष १९ गते

राष्ट्रिय सतर्कता केन्द्रको हवाला दिदै केहि सञ्चार माध्यमहरूबाट सम्माननीय राष्ट्रपति एवं उपराष्ट्रपतिज्यूले सम्पत्ति विवरण नबुझाएको भन्ने समाचार सम्प्रेषण गरिएको प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ ।

सम्पत्ति विवरण पेश गर्ने प्रयोजनको लागि नेपाल राजपत्र भाग ५, खण्ड ६०, संख्या–१, मिति २०६७ बैशाख ६ गते प्रकाशित सूचनामा भएको व्यवस्था बमोजिम सम्माननीय राष्ट्रपति एवं उपराष्ट्रपतिज्यूको सम्पत्ति विवरण तोकिएको म्याद भित्रै यस कार्यालयमा दर्ता गरी राखी सकिएको हुँदा यसै विज्ञप्ति मार्फत सम्माननीयज्यूहरुबाट सम्पत्ति विवरण नबुझाइएको भन्ने जस्तो कल्पित कुरामा नपर्न सबैमा अनुरोध गरिन्छ ।

२०६८ पौष १४ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग, आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नु भएका, नेपालका लागि म्यानमारका राजदूत H.E. U. Thet Oo ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. U. Thet Oo लाई दुई मुलुकबीच आपसी हितको अभिवृदि र द्विपक्षीय सम्बन्धको विस्तारका लागि पु¥याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

२०६८ पौष ११ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मोरङ्ग जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १० निवासी डा. महेशकुमार मास्केलाई  जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

Photo Albums

Message From President
 
24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा