|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Recent Events |
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले विश्वव्यापी कविता प्रतियोगिताका विजयी कविहरूलाई पुरस्कार हस्तान्तरण गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले नेपाल सरकार,सङ्घीय मामिला,संविधानसभा,संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयबाट शीतलनिवासमा आयोजित एक समारोहमा महाकवि देवकोटा पुरस्कार प्रदान गर्नुभयो । पुरस्कृत व्यक्तित्वहरूमा श्री कालीप्रसाद रिजाल, प्रा.डा. केशवप्रसाद उपाध्याय, श्री मदनमणि दीक्षित,श्री धर्मराज थापा र श्री रमा शर्मा हुनुहुन्छ । यसैवर्षबाट स्थापित उक्त पुरस्कारहरू क्रमशः कविता,निबन्ध/समालोचना,आख्यान/नाटक,बाल/लोक साहित्य र भाषा साहित्य सेवा विषयक्षेत्रहरूमा प्रदान गरिएको हो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले धादिङ जिल्लाको बैरेनीस्थित श्री बागेश्वरी उच्च–माध्यमिक विद्यालयको स्वर्णमहोत्सव समारोहको समुद् घाटन गर्नुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले समृद्ध नेपाल निर्माणमा विशेष योगदान पुर्याउनका लागि विद्यार्थीहरूलाई मातृभूमि र राष्ट्रियताप्रति उत्तरदायी, सजग, इमान्दार बनाउन र नैतिकताको विकासमा जोड दिन विद्यालय परिवार सफल हुनेछ भन्ने कामना गर्नुभयो साथै उहाँले ‘बागेश्वरी स्वर्ण स्मारिका–२०६८’ को लोकार्पण समेत गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रस्थित वैद्यनाथक्षेत्र अछाम रजत महोत्सव तथा कुम्भमहालक्ष्य होम महायज्ञको समदुघाटन गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले लुम्बिनीमा आयोजित विशेष समारीहमा लुम्बिनी भ्रमण वर्ष २०१२ को शुभारम्भ गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल पर्यटन वर्ष २०११ सफलतापूर्वक सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै लुम्बिनी भ्रमण वर्षमा अत्यधिक पर्यटकहरूलाई हार्दिक स्वागत गर्न सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा आव्हान गर्नुभएको थियो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रसिद्ध हिमाल आरोही तथा जलवायु परिवर्तन सम्बन्धी सार्क राजदूत श्री आप्पा शेर्पा, जलवायु परिवर्तन परिषद्का सदस्य श्री दावा स्टेभन शेर्पा, फोटोग्राफर श्री समिरजंग थापा र श्री सौरभ ढकाल सम्मिलित टोलीलाई राष्ट्रिय झण्डा प्रदान गरी Great Himalayan Trail (करीब १७०० कि.मि.) पदमार्गमा गरिने पदयात्राको शुभारम्भ गर्नुभयो । उक्त समारोह हिमालयन क्लाइमेट इनिसिएटिभ् र वातावरण मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको थियो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा प्रशासकीय अदालत रजत जयन्ती वर्ष समारोहका अवसरमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष श्री केदारनाथ उपाध्याय तथा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री केदारनाथ आचार्यलाई सम्मान प्रदान गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले महाराजगञ्ज, काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कान्ति बाल अस्पतालको ५०औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सव समारोहको समुद्घाटन गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा श्री वेङ्कटेश मन्दिर (देवस्थान) द्वारा प्रकाशित ‘श्रीमद्भागवतामृत’ र ‘तिरुप्पावै–श्रीव्रतप्रबन्ध’ ग्रन्थहरूको लोकार्पण गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा चारुमती बुद्धिष्ट मिशन नेपालद्वारा प्रकाशित “२३ सय वर्ष पुरानो ऐतिहासिक चारुमती स्तूप” नामक अनुसन्धानात्मक पुस्तकको विमोचन गर्नुभयो । श्री जुनु बासुकला रञ्जितकारबाट लिखित उक्त पुस्तकमा सम्राट अशोक र चारुमती, चारुमती स्तूप, चाबहिल शब्दको व्यूत्पत्ति, चारुमती स्तूप वरिपरिका अभिलेखहरूका साथै स्तूप जीर्णोद्धारको इतिहास लगायतका विषयहरू समेटिएको छ । ..Full story
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|