सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट उँभौली पर्वको अवसरमा दिनु भएको शुभकामना सन्देश
भूमिपूजा तथा पुर्खाप्रति सम्मान गर्ने किराँतहरुको महान सांस्कृतिक पर्व उभौलीको अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण यस धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
पुर्ख्याैली धरोहरका रुपमा रहेका चाडपर्व र संस्कृतिलाई अहिलेको पुस्ताले अझ सचेत र सशक्तरुपमा लिनेछन् भन्ने विश्वास गर्दै विविधतामा एकता कायम गर्ने यस्ता परम्पराको संरक्षण र सम्बर्द्धन गरी एक आपसमा सद्भाव र सहयोग अभिवृद्धि गर्न यस्ता अवसरहरुको सही उपयोग गर्न सकौं भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद।
मिति २०६७ जेष्ठ १३ गते, विहीबार
|