_mgm9437-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फिनल्याण्डका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल जेठ २५ गते शुक्रबारका दिन  राष्ट्रपतिभवन,शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती  विद्यादेवी  भण्डारीज्यूसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Mr. Jorma Suvanto ले विदाई भेट गर्नुभयो । सो अवसरमा फिनल्याण्ड र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता