myr_5513-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्री H.E. Samdech Akka Moha Sena Padei Techo Hun Sen ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा क्याम्बोडिया सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता