_mg_0066_web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत श्री निलाम्बर आचार्यज्यूले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता