web_mgl9127

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल चैत्र २९ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/०७५ को महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता