-
सम्माननीय राष्ट्रपतिज्यू र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपतिज्यूबीचको भेट
-
राष्ट्रपति भवन शीतलनिवास
-
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी प्रथम कार्यकालको सपथ ग्रहण गर्नुहुँदै
-
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी दोस्रो कार्यकालको सपथ ग्रहण गर्नुहुँदै
-
सम्माननीय राष्ट्रपति जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपतिका साथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपतिज्यूको सन्देश
नेपाली जनताले पहिलोपटक निर्बाचित संविधान सभा मार्फत् – ‘नेपालको संविधान २०७२’ प्राप्त गरेका छन् र यसको कार्यान्वयनको प्रक्रिया समेत सुरु भैसकेको छ। यो ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई अब देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको छ।
सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनहरु
राष्ट्रपतिका नाममा स्थापित संरक्षण एवं विकासका कार्यक्रमहरु
नेपाल सरकारले राष्ट्रपतिको नाममा हालसम्म विकासका दुई कार्यक्रमहरु संचालनमा ल्याएको छ। पहिलो, बि. सं. २०६७-६८ मा शुरु भएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र दोस्रो बि. सं. २०७३ मा शुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम हो ।
सम्माननीय राष्ट्रपतिज्यूको जीवनक्रम
वि. सं. २०१८ (सन १९६१)
वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेको जेष्ठ सन्तानको रुपमा जन्म
वि. सं. २०३५ (सन् १९७८)
गाउंकै बेहेरेश्वर बिद्यालयमा प्राथमिक र भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा; नेपाल कम्यूनिष्ट पार्टीको यूथ लिगमा सदस्यता लिएसंगै राजनीतिमा सक्रियता
वि. सं. २०३७ (सन् १९७९)
बिद्यार्थि आन्दोलनमा संलग्न हुंदै महेन्द्र मोरङ्ग आदर्श बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थि यूनियनको कोषाध्यक्षमा निर्वाचित
वि. सं.२०३९ (सन् १९८२)
कम्यूनिष्ट नेता मदन भण्डारी संग शुभ-विवाह
वि. स. २०४९ (सन १९९३)
ट्रेड यूनियन महासंघको महिला शाखामा अध्यक्ष निर्वाचित र महिलाका सवालहरुमा नेतृत्व
वि. स. २०५० (सन १९९३)
संसदिय निर्वाचनमा भाग, वि स २०५० को उपनिर्वाचन, वि स २०५१ को मध्यावधि र वि स २०५६ को प्रतिनिधि सभाको निर्वाचन गरी ३ पटक संसद सदस्यमा निर्वाचित
वि. स. २०५४ (सन १९९९)
वि. स. २०५४ सालमा बातावरण तथा जनसंख्या मंत्रीको जिम्मेवारी
वि. स. २०६६ (सन २००९)
नेपालको पहिलो महिला रक्षामंत्री बनेर कार्यभार सम्पन्न (२०६६-२०६८)
वि. स. २०७२ (सन २०१५)
संबिधान घोषणा पश्चातको संसदको निर्वाचनबाट देशको राष्ट्रप्रमुख, राष्ट्रपतिमा निर्वाचित
सम्माननीय राष्ट्रपतिज्यू सरीक हुनु भएका कार्यक्रमका केही झलकहरु
राष्ट्रपतिको कार्यालय - शीतल निवास

राष्ट्रपतिको कार्यालय शीतल निवास, महाराजगंजमा रहेको छ। यो भवन राणा प्रधानमंत्री चन्द्र शम्सेरले सन् १९२३ मा आफ्ना छोरा कृष्ण शमसेरको लागि बनाएका थिए । पछि कृष्ण शमसेरले यो भवन नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारले यो भवनलाई सरकारी अतिथिगृह र परराष्ट्र मन्त्रालयको लागि प्रयोग गरी गणतन्त्र घोषणापछि राष्ट्रपति भवनमा परिणत गरेको हो ।