img_2916_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित भारतका राजदूत
H.E. Mr. Manjeev Singh Puri ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्वत् २०७४ साल बैशाख ४ गते देखि शुरु हुने राष्ट्रपतिज्यूको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता