_mg_9097_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय राजदूतबाट बिदाई भेट

आज मिति २०७३ साल फागुन १७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गर्नुभएका नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बिदाई भेट गर्नु भयो । भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भयो । श्री रे साढेतीन वर्ष देखि नेपालमा राजदूत पदमा कार्यरत रहनु भएको थियो । राजदूत रे भोलि स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता