फागु पूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी…

Read More
web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल फागुन १५ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति तथा कार्यविभाजन

आज मिति २०७४ साल फागुन १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिषरिषद्‌मा देहाय बमोजिमको नियुक्ति गरी कार्य विभाजन समेत गर्नुभएको छ । क्र.सं. नाम, थर…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ…

Read More

महान्यायाधिवक्ताको राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/११/३ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले  महान्यायाधिवक्ताको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ । क्र.सं….

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७४ साल फागुन ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७४ साल फागुन २१ गते सोमबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा…

Read More

प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस्…

Read More
sapath_web

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन तथा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1….

Read More

ग्याल्बो ल्होसार पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट…

Read More