सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल साउन 27 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट बकर ईद (इदुल जोहा) पर्वको अवसरमा व्यक्त शुभकामना सन्देश

बकर ईद (इदुल जोहा) पर्वको शुभकामना सन्देश ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (इदुल जोहा) को शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले…

Read More

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू  स्वास्थ्य परीक्षणको सिलसिलामा सम्वत् २०७६ साल साउन १८ गते शनिबार सिंगापुरतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त मन्त्रीबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल साउन १५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री श्री योगेशकुमार भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री पदको पद तथा…

Read More

राष्ट्रिय समावेशी आयोगका अध्यक्षपदबाट लिखित राजीनामा

आज मिति २०७६ साल साउन १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७६/४/१२ गतेदेखि लागू हुने गरी राष्ट्रिय समावेशी…

Read More

सम्माननीय राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असार 30 गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल असार 3० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू…

Read More

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूले प्राकृतिक विपद्को यस दुःखद्…

Read More

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असार २३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत श्री निलाम्बर आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत…

Read More

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७6 साल जेठ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इजरायलका लागि नेपालको आवासीय राजदूत डा. अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त…

Read More