सम्माननीय राष्ट्रपतिज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय नवनियुक्त राजदूतबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री गणेशप्रसाद ढकालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत

आज मिति २०७७ साल असोज १ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम, दाखाक्वाडी -१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बालदिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बालदिवस, २०७७ को शुभकामना सन्देश ‘विपद्‌मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने संकल्पका साथ यो वर्षको राष्ट्रिय बालदिवस मनाउन लागेकोमा मलाई खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जितीया पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७७ को शुभकामना सन्देश नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायूको लागि हार्दिक शुभकामना व्यक्त…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाल्ने गरी तोक्नु भएको

आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७७ को शुभकामना सन्देश वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी  मूलत: काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०७७ को शुभकामना सन्देश गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका…

Read More

विज्ञप्ति

आज मिति २०७७ साल भदौ ५ गते शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू श्री पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को कारण…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७७ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन…

Read More

सम्माननीय राष्ट्रपतिज्यू समक्ष बङ्‌गलादेशका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल साउन ३२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत महामहिम Ms. Mashfee Binte Shams ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई आफ्नो…

Read More

विज्ञप्ति

आज मिति २०७७ साल साउन २७ गते मंगलबारका दिन श्रीकृष्ण जन्माष्टमी परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाटनस्थित कृष्ण मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को…

Read More
Load More