सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल पुस १६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली)…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७५” का अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ्ग समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्‍न जातजातिले मनाउने चाडपर्वहरूले विश्‍वमा नेपालको विशिष्ट साँस्कृतिक पहिचान स्थापित…

Read More

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते भिषण आगलागी भएको विषयमा ट्वीट गर्नुभएको छ । ट्वीटको व्यहोरा संलग्न छः “कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते आगलागी भई ८८ घरधुरी नष्ट हुँदा सयौँ…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल पुस ९ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७५ को अवसरमा दिनु भएको शुभकामना सन्देश

मंसिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति पूजक किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय डा. तुलसी गिरीप्रति श्रद्धाञ्जली व्यक्त

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको २०७५ साल पुस ३ गते मंगलबार निधन भएको खबरले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई दुःखित तुल्याएको छ । यस दुःखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७५ साल पुस ३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७५ साल पुस ११ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा…

Read More

सम्माननीय राष्ट्रपति श्रीमतीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ मंसिर २६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन…

Read More