न्याय परिषद्को सदस्य पदमा नियुक्त

आज मिति २०७६ साल पुस २२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मित्रपार्क-७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र नम्बर ३४) श्री लक्ष्मी बहादुर “निराला” खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

(हरि प्रसाद दाहाल)

प्रवक्ता