गैरआवासीय नेपाली राजदूत पदमा नियुक्ति

आज मिति २०७६ साल पुस २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड सिंगापुर
२. श्री प्रकाशकुमार सुवेदी अष्ट्रिया ग्रीस

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता