सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

आज मिति २०७७ साल कात्तिक २० गते बिहीबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भारतीय सेनाका स्थल सेनाध्यक्ष General Manoj Mukund Naravane लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।

उक्त समारोह पश्‍चात सम्माननीय राष्ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Manoj Mukund Naravane ले शिष्‍टाचार भेट गर्नु भयो ।

(हरि प्रसाद दहाल)

प्रवक्ता