बकर ईद (इदुल जोहा) पर्व २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश
ईस्लाम धर्माबलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ…

