नेपाल सरकारले राष्ट्रपतिको नाममा हालसम्म विकासका दुई कार्यक्रमहरु संचालनमा ल्याएको छ। पहिलो, बि. सं. २०६७-६८ मा सुरु भएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र दोस्रो बि. सं. २०७३ मा सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम हो।

chure-logo

क) राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

हिमालको उत्पत्तिको क्रममा करिव चार करोड वर्ष पहिले नदीजन्य पदार्थहरु थुप्रिएर बनेको चुरे शृङ्खला सबैभन्दा कान्छो पहाड हो। यो शृङ्खला पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको छ र यसलाई कतै शिवालिक पनि भनिन्छ। नेपालमा कुल भू–भागको लगभग १३ प्रतिशत चुरे क्षेत्रमा पर्दछ। चुरे क्षेत्र जैविक विविधता, जीवजन्तु र पानीको स्रोतको दृष्टिकोणले धनी क्षेत्र हो। पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लाहरुमा फैलिएको चुरे क्षेत्रका करिब पचास लाख जनता जीविकोपार्जनका लागि यसै क्षेत्रको प्राकृतिक स्रोतमा निर्भर छन्। सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे हुंदै तराईतर्फ बग्ने हुँदा भूकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिले यो क्षेत्र अत्यन्त जोखिमपूर्ण र संवेदनशील रहेको छ।

नेपाल सरकारले सन् २०१०-११ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको घोषणा गर्यो र वन तथा भू-संरक्षण मंत्रालय अन्तर्गत कार्यान्वयनको सुरुवात पनि गर्यो। त्यसैगरी चुरे क्षेत्रको संरक्षणलाई अझ महत्व दिंदै सरकारले बि. सं. २०७१ साल आषाढमा यस क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्यो र चुरे संरक्षण सम्बन्धी नीति निर्माण तथा कार्यान्वयनको लागि एउटा छुट्टै ‘राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति’ को गठन पनि गर्यो। समितिले चुरे संरक्षण विकासको गुरु योजना बनाइसकेको छ। हाल चुरे संरक्षण कार्यक्रम – इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, भोजपुर, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाची, तनहु, सल्यान, प्यूठान, दाङ, बाके, सुर्खेत, बर्दिया, कैलाली, डोटी, कञ्चनपुर र डडेलधूरा सहितका ३६ जिल्लामा संचालित छन्।

लिङ्क: http://chureboard.gov.np/en/?cat=2

ख) राष्ट्रपति महिला उत्थान कार्यक्रम

नेपालको कुल जनसङ्ख्याको आधा भन्दा बढी जनसङ्ख्या महिला र बालिकाको रहेको छ। महिलाले कृषि, ब्यापार, सामाजिक सेवा जस्ता ब्यवसायको माध्यमबाट देशको आर्थिक तथा सामाजिक विकास र राजनीतिक परिबर्तनमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। दिगो विकासका लागि आवश्यक स्रोत साधनको उत्पादन, प्रबर्धन र विकासमा महिलाहरुको पनि उत्तिकै योगदान छ। देश विकासमा ठुलो योगदान हुदाहुदै पनि बहुसंख्यक नेपाली महिलाहरु बिकासको प्रतिफल पाउनबाट बन्चित छन्। बिगत केही दशकमा महिलाको जनजिविकामा सुधार, आधारभूत आवश्यकताको पूर्ति र सामाजिक सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएको छ। अझै पनि, बिशेषत: ग्रामिण क्षेत्रमा महिला तथा बालिकाहरु गुणस्तर शिक्षा, स्वास्थ्य, रोजगारी तथा आयआर्जनको अवसरबाट बन्चित छन्। महिलाहरुको ठुलो हिस्सा अझै पनि हिंसाबाट पीडित छ।

महिलाहरुको प्रभावकारी सहभागिता र सशक्तीकरण, देशको दिगो आर्थिक र सामाजिक विकासको पूर्वाधार हो। यसै परिप्रेक्षमा नेपाल सरकारले महिलाको आर्थिक सामाजिक सशक्तीकरण र विकासमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नको लागि बि. सं. २०७३ देखि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को सुरुवात गरेको छ। यो कार्यक्रमको उदेश्य राष्ट्रनिर्माणको सबै तहमा महिलाहरुको समान सहभागिता र नेपाली महिलाको आर्थिक विकास, सामाजिक सम्मान र सार्वभौमसत्ताको प्रबर्धन गर्नु हो। यो कार्यक्रम महिलाको आर्थिक सशक्तीकरण गर्न, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पहुंच बढाउन र चेलीबेटी बेचबिखन र सामाजिक कुरीति जस्ता लैगिक हिंसाको अन्त गर्न केन्द्रित छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत चालु आर्थिक बर्षको लागि करिब दश करोड रुपिया निकासा गरेको छ। यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक संरचना पनि बन्ने क्रममा छ। महिला र बालिका लक्षित अन्य कार्यक्रमको जानकारीको लागि वेभसाइट http://www.mowcsw.gov.np/en/Save